मधेशका रास्वपा सांसदहरूले रविलाई भेटेर गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाए
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका मधेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिका माथि प्रश्न उठाएका छन् । सभापति रवि लामिछानेसँगको भेटमा मधेशका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन् ।
सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।सभापति लामिछानेसँगको भेटमा सहभागी मधेशका एक सांसदले भने, ‘सुनसरीबाट सुरु भएको घटना अहिले मधेशमा फैलिएको छ । त्यहाँका जिल्लाका सांसदसँग गृहमन्त्रीले कुराकानी पनि गर्नुभएको छैन । सभापतिलाई गृहमन्त्रीप्रतिको आक्रोश राख्यौं ।’
सभापति लामिछानेले पछिल्लो घटनामा संवदेनशील भएको बताएका थिए । आपसी सद्भाव कायम राख्न आफू नै मधेश जाने सोचमा समेत रहेको सभापति लामिछानेले बताएको छलफलमा सहभागी एक सांसदले जानकारी भएन ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो
काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय
जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु - सभापति थापा
काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी कार्यालयमा आयोजित

प्रतिकृया दिनुहोस