सोमबार-कार्तिक-१०-२०८३/ 26-Monday-October-2026

दोभानका अग्निपीडितलाई ताप्लेजुङ समाज–नेपालद्वारा एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान

रेडियो तमोर
|

ताप्लेजुङ - ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित १६ परिवारलाई ताप्लेजुङ समाज–नेपालले एक लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराएको छ ।

 

मिरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा विद्युत् सर्टका कारण आगलागी हुँदा प्रभावित भएका परिवारलाई राहतस्वरूप उक्त रकम वितरण गरिएको हो । आज कार्तिक ३ गते स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीवीहरूको रोहबरमा आयोजित कार्यक्रममा ताप्लेजुङ समाज–नेपालकी उपमहासचिव सीता पौडेल दाहालको नेतृत्वमा कोषाध्यक्ष वीरेन्द्र कुमार दाहाल र कार्यसमिति सदस्य रन्जु बाबा श्रेष्ठसहितको टोलीले प्रभावित परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो ।

 

समाजले आफ्ना पदाधिकारी, कार्यसमिति सदस्य तथा शुभेच्छुकहरूबाट सङ्कलन गरेको राहत रकम प्रभावित परिवारको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर वितरण गरेको जनाएको छ ।आगलागीबाट प्रभावित परिवारलाई दुःखको समयमा सहयोग पुर्‍याउने उद्देश्यले राहत उपलब्ध गराइएको समाजले जनाएको छ। समाजले मानवीय सेवा, सामाजिक एकता तथा विपद् व्यवस्थापनलाई आफ्नो सामाजिक उत्तरदायित्वका रूपमा लिँदै आएको छ ।

 

ताप्लेजुङ समाज–नेपालका अध्यक्ष रमेश बरालले विपद्का बेला पीडित परिवारको साथमा उभिनु मानवीय कर्तव्य भएको उल्लेख गर्दै राहत सङ्कलन तथा वितरणमा सहयोग गर्ने सबै पदाधिकारी, सदस्य, सहयोगदाता र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् । समाजले आगामी दिनमा पनि विपद् तथा समस्यामा परेका व्यक्ति र समुदायलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

सरकारी कर्मचारीले गाडी किन्न ६० लाखसम्म ऋण पाउने

काठमाण्डौ – सरकारले सरकारी कर्मचारीलाई नयाँ गाडी खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका

भोटेकोशी बाढीबाट ७९ अर्बभन्दा धेरैको क्षति भएको योजना आयोगको प्रारम्भिक अनुमान

काठमाण्डौ – भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय

राष्ट्रिय भिटामिन ए कार्यक्रम २ हप्ता पर धकेलियो

काठमाण्डौ - राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम यही कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।   नेपाल सरकारले सञ्चालन गर्दै आएको

↑