सोमबार-कार्तिक-१०-२०८३/ 26-Monday-October-2026

अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्‍मा नउठाउनू - गृहमन्त्री गुरुङ

रेडियो तमोर
|

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्‍मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ ।

 

बलात्कारजस्ता संवेदनशील विषयले पीडित परिवारलाई थप पीडा दिने भएकोले संसद्‍मा राख्न नहुने उहाँको तर्क छ । प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो रु यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो रु भनेर सोध्नुभएको थियो । 

 

जवाफमा गृहमन्त्री गुरुङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नुभएको रु भन्दै प्रतिप्रश्न गर्नुभयो । यो विषयको भारी नयाँ सरकारलाई नबोकाउन भन्दै उहाँले यस विषयमा सरकारले सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जवाफ दिनुभयो ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय

जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु - सभापति थापा

काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी कार्यालयमा आयोजित

↑