सोमबार-कार्तिक-१०-२०८३/ 26-Monday-October-2026

नेपाल पुलिसलाई हराउँदै झापा ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा प्रबेश

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ - नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सोमबार क्वार्टरफाइनलको अन्तिम खेल सम्पन्न भएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

 

नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । खेल सुरु भएको पाँचौँ मिनेटमा झापाका आयुश घलानले गर्नुभएको पहिलो गोल नै जितका लागि पर्याप्त बनेको छ । नेपाल पुलिसले खेललाई समयावधि भरि दबाबमा राखेपनि कुनै गोल गर्न नसक्दा क्वार्टरफाइनलबाटै बाहिरिन बाध्य भएको छ ।

 

झापाले नेपाल पुलिसलाई पराजित गरे सँगै अब सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लब सँगको भेट पक्का गरेको छ । फिदिमले चित्लाङ एफसीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यो दुई टीम बिचको खेल भदौ १७ गते हुनेछ ।

 

यस्तै भोलि सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब र सिराहाको सलहेश युबा क्लबबीच भिडन्त हुँदैछ । भारतले आयोजक ताप्लेजुङ ११ लाई २–१ तथा सिराहाले सातदोबाटो एफसीलाई ट्राइबेकरमा ४–३ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

 

भदौ १९ गते हुने प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

फुलबारीमा चौथो विजया दशमी खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

ताप्लेजुङ-   ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका –२ फुलबारीमा चौथो विजया दशमी खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

फुङलिङ नगरपालिकाद्वारा खेलकुदलाई टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ - जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई फुङलिङ नगरपालिकाले टेबल टेनिस बोर्ड खरिद गरि हस्तान्तरण गरेको छ । बुधबार फुङलिङ नगरपालिकाकी

 ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च

ताप्लेजुङ -  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम

↑