सोमबार-कार्तिक-१०-२०८३/ 26-Monday-October-2026

जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन

रेडियो तमोर
|

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन सरोकारवालालाई  निर्देशन दिनुभएको हो ।

 

बाढी र सडक अबरुद्धलगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाण्डौ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उहाँको सचिवालयले जनाएको छ । यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्रान्डको सिलिन्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिन्डरमार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने उहाँको विश्वास छ । 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय

जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु - सभापति थापा

काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी कार्यालयमा आयोजित

↑