पाथीभरामा गरियो भेडाको बथानको पूजा
ताप्लेजुङ - ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा भेडाको बथानको पूजा गरिएको छ । पाथीभरा उत्पतिको किम्बदन्तीसँग जोडिएको भेडाको बथानको सोमबार पूजा गरिएको हो ।
गोठमा पालिएका भेडाको बथान चरनको क्रममा पाथीभरा क्षेत्र पुगेपछि पूजाअर्चना गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार एकसयभन्दा बढी सङ्ख्या रहेको भेडाको बथानको पूजा गरिएको हो । भेडाको बथानलाई पाथीभरा धामको मुख्य पूजास्थल परिक्रमा गराउनुका साथै पूजास्थलमा प्रवेश गराएर पूजा गरिएको महतले जानकारी दिनुभयो ।
पाथीभराका पुजारीले मुख्य पूजा स्थलमा प्रवेश गराई भेडाको बथानको विधिपूर्वक पूजाअर्चना गरी चरन क्षेत्रमा छोडिएको महतले बताउनुभयो । चरनमा रहेका भेडाहरु धाम परिसरमै पुगेपछि पाथीभराको उत्पतिसँग जोडिएको किम्बदन्तीअनुसार संयोग मिलेकोभन्दै भेडाको बथानको पूजा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
किम्बदन्ती अनुसार परापूर्वकालमा हालको पाथीभरा क्षेत्रमा गोठालाहरूले आफ्नो भेडीगोठ राखेका थिए । सोही समयमा एक दिन अचानक र अप्रत्यासित रुपमा देखिँदा देखिँदै गोठमा रहेका भेडाहरू अलप अर्थात हराएका थिए । त्यस्तो अकल्पनीय घटनाले स्तब्ध भएका गोठालालाई रातको सपनामा देवीले दर्शन दिँदै आफ्नो उत्पतिस्थलको बोध गराएको र भेडाको बलीसहित पूजा गर्न निर्देश भएको थियो ।
सोही आदेशबमोजित गोठालाहरूले देवीको आकृति उत्पन्नस्थलमा पूजाअर्चना गर्नुका साथै भेडाको बली दिएका र भेडाको बलीपछि हराएका भेडाहरू जस्ताको तस्तै हराएकै ठाउँमा देखा परेका थिए भन्ने किम्बदन्ती रहेको छ । भेडासँग पाथीभराको उत्पत्तिको किम्बदन्ती जोडिएका कारण पाथीभरा धाम क्षेत्रमा पुगेका भेडाको बथानलाई विधिपूर्वक पूजा गरी छोडिएको समितिका कर्मचारी महतको भनाइ छ ।
ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री
ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको छ । चालु आर्थिक
कांग्रेस मिक्वाखोलाको पहलमा दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत रकम प्रदान
बिक्रम लाम्गादे, फुङलिङ - दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत रकम प्रदान गरिएको छ । नेपाली कांग्रेसका मिक्वाखोला पालिका कार्यसमितिको पहलमा
ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढीको खाद्यान्न बिक्री
ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले सोमबार ७८ क्विन्टल बढीको खाद्यान्न सामाग्री बिक्री गरेको छ । शाखाले एकैदिन ७८

प्रतिकृया दिनुहोस