सोमबार-कार्तिक-१०-२०८३/ 26-Monday-October-2026

मिक्वाखोलामा ५ शैयाको अस्पताल उद्धघाटन

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ – ताप्लेजुङको थलङमा ५ शैयाको मिक्वाखोला गाउँपालिका अस्पतालको उद्धघाटन गरिएको छ । मिक्वाखोला गाउँपालिका ४ नम्बर वडा साँवास्थित थलङमा ५ शैयाको अस्पताल उद्धघाटन गरिएको हो ।
 


मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादर कार्की, उपाध्यक्ष मिङ्मा डण्डु लामा, प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम लगायतको उपस्थितिमा अस्पतालको उद्धघाटन गरिएको हो । कुल छ करोड ७८ लाख ५३३ रुपियाँमा निर्माण सम्पन्न भएको अस्पतालको शुक्रबार उद्धघाटन गरिएको छ । २०७८ साल असार ३० गते शिलान्यास गरिएको अस्पतालको शुक्रबार उद्धघाटन गरिएको गाउँपालिकाले जनाएको छ । अस्पतालको निर्माण विकोइ निर्माण सेवा, सेवालुङ निर्माण सेवा प्रालि र पहाडी निर्माण सेवाले संयुक्त रुपमा गरेको हो ।
 


अस्पताल निर्माणका लागि स्थानीय देउप्रसाद थलङ, शमसेरबहादुर थलङ र स्व. हरेराम थलङले २–२ रोपनी गरि कुल ६ रोपनी जग्गा उपलब्ध गराउनु भएको थियो । उद्धघाटनकै अवसरमा जग्गादातालाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
 


गाउँपालिकामै सुविधा सम्पन्न अस्पतालको उद्धघाटन भएपछि सामान्य उपचारको लागि सदरमुकामसम्म धाउनुपर्ने नागरिकको बाध्यता हट्ने स्थानीयले विश्वास लिएका छन् । हाल अस्पतालबाट स्वास्थ्य चौकीमार्फत प्रदान हुने सेवा भइरहेको पालिकाले जनाएको छ । तिहार पछिबाट पालिकाको अस्पतालबाटै सेवा प्रदान गर्ने उद्देश्य सहित कर्मचारीको व्यवस्थापनमा पालिकाले प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको छ । चालु आर्थिक

कांग्रेस मिक्वाखोलाको पहलमा दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत रकम प्रदान

बिक्रम लाम्गादे, फुङलिङ - दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत रकम प्रदान गरिएको छ । नेपाली कांग्रेसका मिक्वाखोला पालिका कार्यसमितिको पहलमा

ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले सोमबार ७८ क्विन्टल बढीको खाद्यान्न सामाग्री बिक्री गरेको छ । शाखाले एकैदिन ७८

↑