सोमबार-कार्तिक-१०-२०८३/ 26-Monday-October-2026

ताप्लेजुङमा दलित मोर्चा जिल्ला कार्य समिति गठन

बिक्रम लाम्गादे
|

बिक्रम लाम्गादे,

फुङ्लिङ -  ताप्लेजुङमा नेपाल दलित मोर्चा जिल्ला कार्य समिति गठन गरिएको छ । आइतबार फुङ्लिङमा एक कार्यक्रमका बिच दिनेश खातीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको सह–संयोजकमा कृष्ण लुहार सहित ९५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । मोर्चा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन हो । तत्कालिन नेकपा माओवादी केन्द्र निकट र नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठनको संयुक्त जिल्ला भेलाबाट नयाँ नेतृत्व चयन भएको हो ।

 

नेपाल दलित मोर्चाका प्रदेश इन्चार्ज नेत्र नेपाली, नेकपाका नेताहरु बिष्णु कुमार हाङ्बाङ, निता कुमारी सिँवा, सागरमणि गौतम, गांगा शखरको लगायत जिल्ला तथा प्रदेश स्तरीय नेताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी नेताहरुले पार्टीमा दलित प्रतिनिधित्वको बारेमा जोड दिनुका साथै दलितको हक अधिकारका निम्ति मोर्चा अग्रपंक्तिमा उभिनुपर्ने धारणा राखेका थिए । समाजमा हुने बिभेद लगायतका नकारात्मक कुरितीका बिरुद्ध मोर्चाले बलियो उपस्थिती जनाउनुपर्ने सहभागी नेताहरुको जोड छ । 
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय

जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु - सभापति थापा

काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी कार्यालयमा आयोजित

↑